संसदमा गिरिको अन्तिम भाषण : देउवाजी, जनताले जिन्दावाद भन्ने गरी काम गर्नुहोस् (भिडियो)

काठमाडौं – संसदमा कम बोल्ने तर, बोल्दा विगत, वर्तमान र भविष्य केलाएर देशलाई चलायमान गराउने गरी नीतिगत विषय उठाउने नेता हुन प्रदीप गिरि ।

आफ्नो विवेक र वौद्धिकताले बोल्ने उनलाई पार्टीको अनुशासनले छुँदैनथ्यो । संसदमा उभिएर आफ्नो पार्टीको नीति र नेताको बारेमा समेत आलोचना गर्दथे । सत्तामा रहेकाहरुमाथि निरन्तर प्रश्न गरेर उनले सधैं आफूलाई प्रतिपक्षीको रुपमा संसदमा प्रस्तुत गरे ।

पटक–पटक सांसद भएका उनले पछिल्लो पटक १५ साउन २०७८ मा विशेष समय लिएर बोलेका थिए । त्यस दिन उनले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बधाइ दिँदै केही संशय समेत व्यक्त गरेका थिए । उनले देउवालाई जनताको पक्षमा काम गर्न समेत सुझाव दिएका थिए । उनले त्यसदिन १६ मिनेट ३७ सेकेण्ड बोलेका थिए । हेर्नुहोस् भिडियो

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्