नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, पदाधिकारी टुंगो लाग्ने

काठमाडौँ – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० बजे बस्नेछ। आजको बैठकमा पदाधिकारी टुंगो लगाइने भएको छ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण दुई पटक स्थगित भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ।

यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो। पार्टीले महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंग्याउन लागिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्