निर्वाचन क्षेत्रमा विकास निर्माणका थुप्रै कामहरु भएका छन : मन्त्री सोडारी

धनगढी –  कैलालीको गौरीगङगा नगर पालिका ८ मसुरीयामा निर्माण भएको महोन्याल मन्दीरको उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । मन्त्री सोडारीले कार्यक्रममा बोल्दै ४ नंम्बर क्षेत्रमा उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको बताए । सोडारीले आफू निर्वाचित भैसके पछि थुपै्र विकास निर्माणका कामहरु भएको बताए ।

बाटो, पक्कीपुल, शैक्षिक तथा स्वाथ्यका क्षेत्रमा सुधार आएको बताए । सोडारीले भने–‘गौरीगंगा नगरपालिका चुरे र महोन्यालमा सडकहरुको बहुुबर्षिय ठेक्का भैसकेका छन् , बाँकी केही आयोजनाका लगत्तै ठेक्का प्रक्रियामा जाँदैछन् ’। सोडारीले आफू मन्त्री पदमा रहँदा निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामको छर्लगैं रहेको बताए । धार्मिक एब्म पर्यटकीय क्षेत्रको विकास गरी पर्यटकीय गन्तव्य तय गर्न आफु तयार रहको बताए ।

यस्तै कार्यक्रममा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी गौरीगंगा नगरपालिकाका प्रमुख देविदत्त कडेलले मन्तव्य राखेका थिए । महोन्याल मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गोपाल कलेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत गोमा भण्डारीले गरेकी थिईन । मन्त्री सोडारीको निर्वाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रममा निर्माण भएको उक्त मन्दीर २२ लाखमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष भोजराज जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्