पुन: अर्किड आइडल बनिन् आयुषा कटुवाल

काठमाडौँ – अर्किड आइडल डान्स कम्पिटिसन २०७९ को उपाधी आयुषा कटुवालले हात पारेकी छिन् । मंगलबार भएको ग्राण्ड फिनालेमा १६ प्रतियोगि मध्ये आयुषा अर्किड आइडल बन्न सफल भएकी हुन् । आठाै स‌ंस्करणमा पनि कटुवालले नै उपाधी जितेकी थिइन् । अब हुने प्रतियोगितामा पनि कटुवालले आइडलको उपाधी जितेमा अर्किड आइडल रनिङ सील्ड हात पार्नेछिन् । लगातार २ पटक आइडल हुने कटुवाल पहिलो विद्यार्थी हुन् ।

यस्तै दोस्रो स्थान तथा फस्ट रनरअफ कक्षा ४ की छात्रा सेविका घिमिरे, तेस्रो स्थान तथा सेकेन्ड रनरअफ कक्षा ९ की छात्रा करुणा कटुवाल, चौथो स्थान तथा थर्ड रनरअफमा कक्षा ५ की छात्रा खुसी कार्की र उत्कृष्ट पहिरनमा कक्षा ९ की छात्रा कृतिका गौतमले उपाधी हात पारेका छन्

अर्किड आइडल डान्स कम्पिटिसनको नवौँ सिजनको फाइनल राण्डमा १६ जना प्रतिस्पर्धीमा प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धीहरुमा आयुषा कटुवाल, करुण कटुवाल, कृतिका गौतम, खुसी कार्की, शिशीर जिरेल, सरिता कार्की, रोजिता खड्का, अनुसा खत्री, भूमी पराजुली, स्नेहा पुरी ले प्रस्तुती दिएका थिए । यस्तै सेविका घिमिरे, आदित्य राई, सोनिया खड्का, दिपिका वि.क. सुमन खड्का र दिलाशा माझीले पनि फाइनल राउण्डमा प्रस्तुती दिएका थिए ।

महेश गोदाल निर्णयकको रुपमा रहेका थिए भने कार्यक्रम शिक्षक नरेन्द्र पाण्डेले सञ्चालन तथा उदघोष गरेका थिए ।
काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको अर्किड आइडल डान्स कम्पिटिसन २०७९ साउन २० गते बाट सुरु भएको थियो । विद्यालयका फाउण्डर प्रेम कुमार भुजेलका अनुसार फस्ट राउण्डमा १०३ जनाको सहभागीता रहेको थियो । जसबाट ६७ जना दोस्रो राउण्डका लागि छनौट भएका थिए । जसमा १६ जना फाइनल राउण्डका लागि छनौट भएका थिए ।उक्त डान्स आइडलमा फाइनल राउण्डमा पुग्न सफल १६ जनालाई सर्टिफिकेट प्रदान गरिएको थियो ।


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बहुप्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने अर्किड आइडल डान्स कम्पिटिसनको यस बर्ष नवौँ संस्करण हो । संस्कार सहितको शिक्षा प्रदान गर्दै आइरहेको यस अर्किड स्कुलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आइरहेको छ । शिक्षा सँगै विद्यालयले अतिरिक्त क्रियाकलापहरुमा समेत जोड दिएको विद्यालयका प्रिन्सपल सीवी कार्कीले जानकारी दिए ।


विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले विभिन्न समयमा क्रिकेट, भलिवल लगायत अन्य खेलकुदका साथै नृत्य प्रतियोगिता, हाजिरिजवाफ प्रतियोगिता, बक्तृत्वकला, निवन्ध लेखन, बादविवाद प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ । यसै अवरमा उपहारखबले मिडिया क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान समेत गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्