सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडाैं – सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भोली भाद्र १ गते ओल्के पर्वको अवसरमा विदा दिएको जनाएको छ ।

सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीद्वारा जारी सूचनामा ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने भनि २०७९ साल जेठ १० गते प्रदेश सरकारबाट निर्णय भएको र सूचना जारी गरिएकोले सोहि बमोजिम विदा भएको जानकारी दिइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्