राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखरको अध्यक्षमा विष्ट र सचिवमा पन्त चयन

दार्चुला – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठ विस्तारको कार्यलाई तिव्रता दिएको छ । यस्तै आज दार्चुलाको शैल्यशिखर नगरपालिकामा समिति विस्तार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शैल्यशिखर नगरपालिकाको सभापतिमा करन बिष्टलाई चयन गरेको छ । यस्तै उपसभापतिमा मदन भण्डारी, सचिवमा राजेन्द्र पन्त रहनेगरी ९ सदस्यीय समिति गठन गरेको सचिव पन्तले जानकारी दिए ।

समिति विस्तार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभापति नरेन्द्र चन्द, प्रदेश सचिव भोजराज जोशी, दार्चुला जिल्ला सभापति तारादत्त भट्टको लगायत अन्यको अपस्थिति रहेको थियो । यसैगरी पार्टीको नगर सम्पर्क कार्यालय गोकुलेश्वरमा खोल्ने निर्णय समेत गरेको छ । केही समय अघि मात्रै चर्चित संचारकर्मी लामिछानेले दल दर्ता गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्