डिएसपी चढेको जीप दुर्घटनामा घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुम पूर्व प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रहरी सवार जीप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् । रुकुम पूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् । जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्