“अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ, हाम्रो साझा सपनाहरू हामी आफै तय गर्नु पर्छ” : डा. ज्ञान बस्नेत

काठमाडाैं – “अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ, हाम्रो साझा सपनाहरू हामी आफै तय गर्नु पर्छ” भन्ने नारा तय गरि चुनावको तीब्र तयारीमा लागेका डा. ज्ञान बस्नेतले ११ बुँदे चुनावी एजेण्डाहरु सार्वजनिक गर्नुभएको छ । काठमाडौं क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. बस्नेतले संस्कारको राजनितीको वकालत र सुत्रपातको लागि भएको बताउनुभएको छ । राष्ट्रीय स्वाधिनाताको रक्षा र वकातलको लागि, युवाहरुलाई राजनितिमा आकर्षण गर्नको लागि, राजनीतिलाई सर्बसाधारण जनतासंग जोड्नको लागि, दण्डहिनता, कुशासन, भ्रष्ट्रचार र हरेक खालको अन्याय र अत्याचारको बिरुद्दमा भएकोले आफु निर्वाचनको तयारीमा लागेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो “यो उम्मेदवारी दलीय प्रणालीको बिरुद्धमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक बिकृती र भागबण्डाको राजनीतिको बिरुद्दमा भएको हो ।”

उहाँले काठमाडौं क्षेत्र नं. ९ का सम्पूर्ण जनताहरुसमक्ष ११ बुदे चुनावी एजेण्डा लिएर उपस्थित भएको र उक्त एजेण्डाहरु जनताहरुले मनन गर्नेमा आफु विश्वस्त रहेको समेत बताएका छन् । अब साहस देखाउनुपर्ने अवस्था आएको र परिवर्तनको लागि अघि बढ्नु बाहेक अन्य विकल्प नभएकाले आफै अग्रसर हुनुपर्ने समय आएको प्रष्ट पारेका छन् । विगतकै लयमा गयो भने देशको अस्तित्व नै भयानक संकटमा पर्ने भन्दै राजनीति अव पेशा होइन सेवामा बदल्नु पर्ने उहाँले बताउनुभयो । राजनीति अव जनताको लागि, सामाजिक न्यायको लागि, आउदो पुस्ताको लागि, हाम्रै पालामा परिवर्तन गर्नुपर्छ भन्ने प्रतिज्ञा सहित चुनावी एजेण्डा सार्वजनिक गरको उहाँले बताउनुभयो ।

११ बुदेँ एजेण्डाहरु

१. संघियता खारेजी

२. निर्वाचन प्रणालीमा ब्यापक सुधार

– समानुपातिक प्रणालीको खारेजी
– अश्विकारको अधिकार र आफुले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि असफल भएमा कार्यकाल सकिनु अघिनै जनताले फिर्ता बोलाउँन पाउँने अधिकारको सुनिश्चितता
– आप्रबासी नेपालीहरुलाई मतदानको अधिकार

३. न्ययापालिका, संबैधानिक अङ्गहरु र सबै सार्बजनिक संस्थाहरुलाई राजननीतीभन्दा माथी राखिने

. बिदेशनीति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउँनको लागी अत्यावश्यक कुराहरुलाई दलीय राजन‍ीती भन्दा माथी राख्ने ।

५. शैक्षिक संस्थाहरु शान्तीक्षेत्र बनाउँने । त्यहाँबाट सबै राजनितिक संगठनहरु हटाउँने

. कानुनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक बिभेदहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माण र मानब अधिकारको रक्षा गर्ने । संक्रमणकालीन न्यायलाई अन्तराष्ट्रीय मानब अधिकार अनुसार टुङ्गोमा पुर्याउँने ।

७. हरेक खालको भ्रष्ट्राचार, नितिगत लट र अनियमिततालाई जरैबाट उखेल्ने ।

– २०४६ पछी शक्ति र सत्तामा बसेका सबैको सम्पती छानबिन गर्ने
– प्रधानन्यायाधिश, न्यायाधिश र संबैधानिक अङ्गका पूर्व र बर्तमान सबै पदाधिकारीहरुको शक्तिशाली नागरिक आयोग बनाएर सम्पती छानबिन गर्ने
– ब्यापारीहरुलाई करको दायरामा ल्याउँने । सम्पती सुद्दिकरण सम्बन्धी कानुनलाई सशक्त बनाउँने

आर्थिक रुपमा देशलाई आत्मनिर्भर बनाउँने । बिदेशी ऋण कम गर्दै जाने ।

– कृषी उत्पादनलाई अधुनिकिकरण गर्ने । युवा जनशक्तीलाई उद्दमशिल बनाउँदै रोजगारिको वातावरण तयार गर्ने
– २०४६ पछी बेचिएका, नष्ट भएका सबै उद्योग र कलकारखानाहरु पुनस्थापना गरिने
– नेपाली समाजलाई पलायनबादी मानसिकता बाट माथी उठाउँने । बिदेशमा पसिना बगाउँन बाध्य बनाईएका हाम्रा लाखौं लाख नेपाली दाजुभाई र दिदिबहिनी हरुलाई स्वदेश फर्काएर यहिं काम गर्ने वाताबरणको निर्माण गर्ने

९. संसदहरुको संख्या घटाउँने । मन्त्रिपरिषद् सानो आकारको बनाउँने

१०. पदाधिकारी र पूर्वपदाधिकारीहरुको सुविधामा भारी कटौती गर्ने र बिकासमा प्रयोग गर्ने

११. राजनीती अब पेशा हैन, सेवामा बदल्नु पर्छ । राजनीती अब जनताको लागि, सामाजिक न्यायको लागि, आउँदो पुस्ताको लागी । हाम्रै पालामा परिवर्तन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्