युवा संघ नेपाल दार्चुलाको इन्चार्जमा विष्ट

दार्चुला – नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको इन्चाजको जिम्मेवारी कोमलराज विष्टलाई दिएको छ ।

राष्ट्रिय युवा संघ नेपालकों साउन १४ र १५ गते बसेको दोस्रो पुर्ण वैठकले कोमलराज विष्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटि सदस्य एवं नेकपा एमाले दार्चुला जिल्ला कमिटि सदस्य समेत रहेका विष्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरेको केन्द्रिय कमिटिले जनाएको छ ।

शैल्यशिखर नगरपालिका–९ घर भएका विष्ट लामो समय राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटिका कार्यरत रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्