राष्ट्रपतिबाट प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे चासो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे चासो व्यक्त गरेकी छन् । राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा.गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन् ।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाउनुभएको जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्