एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लागेको माओवादी सांसद गजुरेलको आरोप

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ ।

आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने र त्यसका निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताउनुभयो ।

प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले उसले जिब्रो चपाएर कुरा गरेको सांसद गजुरेलको आरोप छ । सांसद गजुरेलले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुःखद भएको बताउनुभयो ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्