ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएपछि . . .

सांकेतिक तस्विर

महोत्तरी – महोत्तरीको भङ्गहामा ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् । भङ्गहा नगरपालिका १ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका ८ का शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।

घरायसी विवादका कारण शंकरले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका हुन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जलेर घाइते भएका दुवै जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ ।

आगो लगाएर हत्या प्रयास गरी बाहिरबाट चुकुल लगाएर सदा भारततर्फ भागेका छन् । गए राति हत्या प्रयास भएको भए पनि स्थानीयवासीले पछि मात्र थाहा पाएर घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् ।

वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान र हत्या प्रयास गर्ने सदाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्