फेरी कोभिड भयावह बन्दै, भारतमा एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

भारतमा कोभिड संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमित दिनहुँ बढिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्