राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले गर्‍यो शसस्त्रलाई ‘ए क्लास’ एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले व्यवास्थापन गरेका विपदमा प्रयोग हुने सवारी साधान, उपकरण तथा अपांगता सहायता सामग्री हस्तारण गर्नुभएको छ । गृहमन्त्री खाणले ८ वटा विपद् सामुहिक उद्धार एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्टा«साउण्ड मेसिन लगायत ‘ए क्लास’को एम्बुलेन्समा हुने सबै खालका उपकरणहरु जडान गरिएका छन् । यसमा ६ वटा बेड छन् भने केहिलाई कुर्सीमा राखेर उपचार गर्न सकिन्छ । यी एम्बुलेन्स नेपालका लागि पहिलो विपद् सामुहिक उद्धार एम्बुलेन्सहरु हुन् । यी सवारी साधनमा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सकिन्छ । मोबाइल अस्पतालका रुपमा समेत उपलब्ध गर्न सकिने यी साधनहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिने र एउटा काठमाडौँ उपत्यकामा रहने प्रधाकरणले जनाएको छ ।

यस्तै गृहमन्त्री खाँणले हस्तान्तरण गरेका थप साधनमा ८ वटा नै ‘ए क्लास एम्बुलेन्स’ छन् । यी एम्बुलेन्स समेत ७ वटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौँ उपत्यकामा रहने प्राधिकरणले जनाएको छ । यी एम्बलेसन्सहरु सशस्त्र प्रहरीबलद्वार संचालित नेपाल एपीएफ अस्पतालको समन्वयमा संचालन गरिने छ । गृहमन्त्री खाणले नेपाल शसस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्याललाई सामाग्रही हस्तान्गरण गुर्नभयो । हस्तातरण कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले विपद्मा खेलेको भुमिकोको प्रसंसा गुर्नुभयो । एपीएफले विपद्मा देशलाई ठूलो सहयोग गरिहेको पनि अर्यालले स्मरण गराउनुभयो । उहाँले एपीएफमा अहिले ५६ जनाले गोताखोरको तालिम लिएको पनि जानकारी दिनुभयो ।

त्यसै गरि भुकम्प, पहिरो, आगलागि, बन डढेलो तथा बाढी जस्ता विपद् घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने अनुसन्धान र उद्धार उपकरणहरु पनि हस्तान्तरण गरिएको छ ।

सोहि अवसरमा प्राधिकरणले राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरेको अपांगता सहायता सामग्रीहरु राष्ट्रिय अपांग कोष र केही लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले अपांगता भएका व्यक्तिहरुको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अब बन्ने हरेक नयाँ सरकारी भवनहरु सबै अपांगमैत्री हुने पनि गृहमन्त्री खाँणले बताउनुभयो । गृहमन्त्री खाँणले अपांगता कोषको भवन छिट्टै निर्माण गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।

असार २९ भृकुटिमण्डपमा रहेको समाज कल्याण परिषदको गोदाममा आगलागि हुँदा गोदाममा रहेका अपांगता सहायता सामाग्री जलेर नष्ट भएका थिए । गृहमन्त्री खाँणले उक्त गोदामको साउन १ गते अवलोकन गरी सामाग्री तत्काल उपलब्ध गराउने बताउनुभएको थियो ।

यी साधन तथा उपकरणहरु प्राधिरणले मल्टि डोनर ट्रस्ट फन्ड र विश्व बैँकको सहयोगमा व्यवस्थापन गरेको हो । मल्टि डोनर ट्रस्ट फन्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एफसीडीओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसनले सहयोग गरेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सहयोगी सबै संस्थाहरुलाई धन्यवाद दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवास्थापन प्राधिकरणले देशमा विपद् आउँदा विभिन्न संस्थाहरुको सहकार्यमा सहयोग गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्