सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्छौँ – ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन् ।

पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउमा आइपुगेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका हुन् ।

‘पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुदै आज देशको सवैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सवैभन्दा सवल शक्ति यो पार्टी नेकपा एमाले भएको छ’, ओलीले भने, ‘यस पार्टीको अध्यक्षको हैसियतले म भन्छु पुष्पलाल र अरु सहिदहरुले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौ ।’ उनले नेपाली समाजलाई सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने संकल्प समेत गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्