मौद्रिक नीति आजै आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक बस्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आज बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार आजै मौद्रिक नीति आउने सम्भावना छ । गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्