काँग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीनबहादुर

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । यादव पूर्व उप सभामुखसमेत हुन् ।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिइन् । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि त्यो पद रिक्त भएको हो ।

यसैगरी यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गएको हप्ता त्यो पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले नियुक्ति गरेका हुन् । संसदमा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्