कागेश्वरी मनोहरा क्षेत्रकै ठूलो ‘शिखरम प्याथल्याब’ संचालनमा, निःशुल्क शिविर र भारी छुटमा ल्याबका प्याकेजहरु उपलब्ध (भिडियो)

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरामा यस क्षेत्रकै ठूलो सुविधा सम्पन्न शिखरम प्याथल्याब एण्ड मेडिकल सेन्टर संचालनमा आएको छ । काठमाडौँको सनसिटि नजिकै शिखरम संचालनमा आएको हो । प्याथल्याबले सेवा सुभारम्भको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका विभिन्न स्थानमा निःशुल्क सुगर परीक्षण शिविर आयोजना गर्दै आइरहेको छ । यसै क्रममा शनिबार विरेन्द्रचोकमा निशुल्क शिविरको आयोजना गरेको छ । शिविरमा सुगर र रक्तचापका विरामीहरु तथा जाँच गराउने ४१ जनाले सेवा लिएका थिए । निःशुल्क जाँच गराउन पाउँदा सेवाग्राहीहरु हर्षित मुद्रामा देखिन्थे । शिखरमले निःशुल्क शिविर आयोजना गर्नु आफैमा गौरवको विषय भएको सेवाग्राहीहरुले बताएका छन् । टोलटोलमा छिटो र निशुल्क सेवा प्रदानले आम नागरिकलाई सहज भएको सेवा ग्राहिहरुले बताउनुभयो । शिविरलाई अझै निरन्तरता दिने शिखरमले जनाएको छ । शिखरमले विभिन्न आकर्षक ल्याब प्याकेजका साथै ल्याब सम्बन्धि सम्पूर्ण परीक्षणमा विशेष छुट दिएको शिखरमका अध्यक्ष तथा प्याथाेलोजिष्ट डा. गुरुप्रसाद मैनालीले जानकारी दिनुभयो ।
शिखरमले औषधीहरुमा समेत भारी छुट प्रदान गरेको छ । निकट भविष्यमै शिखरमले विशेषज्ञ र अति विशेषज्ञ सेवा सहित ओपिडी समेत संचालन गर्ने अध्यक्ष मैनालीले जानकारी दिनुभयो । निरन्तर निशुल्क शिविरहरुको आयोजना गर्ने समेत अध्यक्ष मैनालीको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्