काँग्रेस बैठक आज पनि बस्दै, मन्त्रीहरुले जवाफ दिने

काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभागका विषयमा छलफल केन्द्रित छ ।

सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । महँगी, मल अभाव, संकटान्मुख अर्थतन्त्र, विवादित निर्णय नियुक्तिबारे नेताहरुले प्रश्न राखेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा समूह नेताले सरकारको आलोचना गरिरहेका छन् । केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्