देशभर कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, एकै दिन २ सय भन्दा धेरै संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौँ – देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्