भारतमा भारी वर्षाले जनजीवन प्रभावित, गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु

काठमाडौं – भारतमा भारी वर्षाका कारण ६३ जनाले ज्यान गुमाइसकेका छन् । भारी बर्षाका कारण गुजरातको जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेकोले भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ । भारी वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्