कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पिताम्बर जोशी निर्वाचित

कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा व्यवसायी पिताम्बर जोशी निर्वाचित भएका छन् । उहाँका प्रतिस्पर्धी गणेशदत्त जोशीलाई ५ सय १६ मत अन्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । अध्यक्ष पिताम्बर जोशीले १ हजार २ सय ९९ मत पाउदा गणेश जोशीले ७ सय ८३ मत पाएका थिए ।

यसैगरी उपाध्यक्षमा धर्मसिँह रावल, महासचिवमा खगेश्वर बोहरा विजयी भएका छन् । यसैगरी अन्य पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भइसकेका छन् ।

अध्यक्ष, उपाध्यक्ष र महासचिव पदका लागि आज निर्वाचन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्