बाजुराको बुढिगंगा नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमाले बिजयी

बझाङ – बाजुराको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन । आज सम्पन्न मतगणना बाट नगर प्रमुखमा राम बहादुर बानिया र उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका हुन् । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका छन् । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याए भने उप प्रमुख कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन । उनका निकटतम प्रतिदन्द्धी नेपाली काँग्रेसका नगर प्रमुख रङ्ग बहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याए भने उप प्रमुखकी उम्मेदवार रिता शाही ( शाह) ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन ।

विजयी नगरप्रमुख बाँनिया र उपप्रमुख कुवर २०७४ सालको स्थानिय चुनावमा सोही पदमा काँग्रेस सँगै पराजय भएका थिए । काँग्रेसले दुबै पदमा नयाँ अनुहारलाइ टिकट दिएको थियो, भने एमालेले २०७४ सालका उम्मेदवारलाइ नै टिकट दिएको थिए । १० ओटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ ओटा वडामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार बिजयी भएका छन्, । नेपाली कांग्रेस ३ वडामा सिमित भएको छ । ७ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन । वडानम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस बिजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ । बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।

त्यस्तै ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । वडा न ५ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार चक्र बहादुर थापा वडा न ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी भएका छन । वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भुवन सिहं केसी विजयी भएका छन् । वडा नम्मर ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् । वडा नम्मर ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउँद विजयी भएका छन् ।

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्