धनगढीमा अध्ययनरत कञ्चनपुरकी एक किशोरी मृत फेला

सांकेतिक तस्बिर

कैलाली – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत एक किशोरी मृत फेला परेकी छिन् । कञ्चनपुर बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट हिजो (बिहीबार) घरमै मृत भेटिएको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत थिइन्। उनको मृत्युपछि क्याम्पसले आज शोक बिदा दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्