दक्षिण कोरियामा अवैध रुपमा काम गर्दै आएका १३ नेपाली पक्राउ

काठमाडौँ – दक्षिण कोरियामा अवैध रुपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

कृषि तथा माछापालन मौसमी कामदारको रुपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्