मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका एकरदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । मङ्गलबार देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एकरदुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमी वायुकै प्रभावले अहिले पनि पहाडी भेगको मौसम आशिंक बदली भएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै छ । पश्चिममा मङ्गलबारभन्दा बुधबार धेरै बदली भइ पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्