हेलम्बुमा संघ/संस्थाहरुलाई कार्यक्रम संचालन गर्न नपाइने भनि गलत प्रचार नगर्न अध्यक्ष शेर्पाको आग्रह, एकद्वार प्रणाली लागु गर्न गाउँसभाबाट अनुमोदन गर्नुपर्ने तर्क

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सरकारी तथा गैर सरकारी संस्थाहरुले गाउँपालिकामा आफ्ना कार्यक्रमहरु संचालन गर्दा एकद्वार प्रणाली लागु गर्न गाउँसभामा छलफल गर्नुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गाउँपालिकाले कार्यक्रम सन्चालन गर्न नदिने भन्ने गलत प्रचार नगर्न पनि सबैमा आग्रह गरेका छन् । ‘गाउँपालिकाले कार्यक्रम सन्चालन गर्न नदिने भन्ने गलत प्रचार गरेको देखिएको हुँदा त्यस्तो नगर्न आग्रह गर्दछु’ अध्यक्ष शेर्पाले भने, ‘गाउँपालिकामा संचालन हुने सबै सरकारी तथा गैरसरकारी संस्थाहरुले गाउँसभाबाट कार्यक्रम अनुमोदन गराउँदा एकद्वार प्रणाली लागु हुने र कार्यक्रम संचालनमा थप सहजता हुनेछ ।’ कसैलाई पनि गलत प्रचारमा नलाग्न अध्यक्ष शेर्पाले आग्रह समेत गरेका छन् । ‘सवैजना यस्तो खालको प्रचार प्रसारमा नलग्नु हुन अनुरोध छ ।’ अध्यक्ष शेर्पाले भने । गाउँपालिकाको सम्पूर्ण शैक्षिक सुधारको लागि पनि गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष शेर्पाको भनाई छ । ‘हेलम्बु गाउँपालिकाको सम्पूर्ण शैक्षिक सुधारको लागि गाउँपालिका उत्तरदायि रहेको कुरा जानकारी गराउँछु ।’ अध्यक्ष शेर्पाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्