नास्ता खान भन्दै सँगै लिएकी महिलामाथि सामुहिक बालात्कार, ३ जना पक्राउ

सांकेतिक तस्विर

दाङ – २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिका–९ बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी र १९ वर्षीय कान्छी भन्ने अर्जुन नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कमलले बिहीबार ती महिलालाई नास्ता खान जाउँ भनी ललाई फकाई बसपार्कमा लगि शंकर, अर्जुन र तुलसीपुर उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय अर्जुन परियारसँग भेट गराई दोघरे नगर बिकास टोलस्थित निर्माणाधिन घरमा लगि कमल आफ्नो घरतर्फ फर्किएको र अन्य ३ जनाले महिलालाई जबरजस्ती करणी गरी पीडितको ४ आनाको सुनको बाला समेत खोसी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हाल फरार अर्जुन परियारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्