हेलम्बुमा कुनै पनि संघसंस्थाले कार्यक्रम संचालनगर्न गाउँसभाबाट अनुमोदन गर्नुपर्ने

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कुनैपनि संघ संस्थाले गाउँपालिका क्षेत्रमा आफ्ना कार्यक्रमहरु संचालन गर्नुपर्ने भए गाउँसभाबाट अनुमोदन गराउनुपर्ने बताएको छ ।

गाउँपालिकाले बिहिबार एक सुचना जारी गर्दै हेलम्बुमा कार्यक्रम÷योजना सञ्चालन गर्न इच्छुक संघ संस्थाले कार्यक्रमको बिषय औचित्य र अनुमानित बजेट समेत खुलाएर आवेदन दिनुपर्ने जनाएको छ ।

हेलम्बुमा कार्यक्रम गर्न इच्छुक संघ संस्थाले उक्त कार्यक्रमको औचित्य अनुमानित खर्च समेत खुलाई संस्थाको आधिकारिक व्यक्ति स्वयम कार्यालयमा उपस्थित भई पेश गरेको कार्यक्रम आवश्यक छलफल गरेर अनुमोदन भएपछी मात्रै कार्यक्रम सञ्चालन गर्न पाइने सुचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्