आईसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानसँग नेपालको सानदार जीत

काठमाडाैं- आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । हिजो भएको खेलमा ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै भेट्टाएको हो ।

नेपालको तर्फबाट कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए । रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।

यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो । यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । १५ खेल खेल्दै नेपालले ७ मा जीत, ७ मा हार र एक खेलमा बराबरी गर्दै १५ अंक बटुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्