एकै दिन ३६ अंकले घट्यो नेप्से, डेढ वर्षपछि २००० विन्दुभन्दा तल

काठमाडौँ – नेप्से परिसूचक डेढ वर्षपछि २००० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक २०७७ पुस १२ गतेपश्चात पहिलो पटक २००० विन्दुभन्दा तल झरेको हो।

सो दिन नेप्से परिसूचक १९९८.६५ विन्दुमा बन्द भएको थियो। सोपश्चात यस दिन मात्रै २००० विन्दुमा तल झरेको हो। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३६.०७ अंक घटेर १९९६.२६ विन्दुमा झरेको छ। यो १८ महिना यताकै न्यून विन्दु पनि हो। यस अघि २०७७ पुस ६ गते, नेप्से १९६५.९६ विन्दुमा बन्द भएको थियो।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको बजारमा यस दिन २३२ स्टकको ३१ हजार ८०६ पटकको कारोबारमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्