सधैँ बढी कर तिर्ने सूर्य नेपाल प्रालि विवादमा, विना स्टिकरको सूर्य चुरोट नै बिक्री वितरण

सधैँ बढी कर तिर्ने कम्पनीको रुपमा परिचित हुदैँ आइरहेको सूर्य नेपाल प्रालिको यतिबेला विवादमा मुछिएको छ । चालू आर्थिक वर्षको छ महिनासम्ममा ३० करोड बराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व छली गरेको हुनसक्ने आधारसहित कर कार्यालयले अनुसन्धान थालेको छ ।

आन्तरिक राजस्व विभाग स्रोतका अनुसार यो वर्ष सूर्य नेपालले कारोबार रकम नै कम देखाएको छ । गत आर्थिक वर्षमा ३८ अर्ब ४ करोड रुपैयाँ हाराहारीमा करोबार गरेको कम्पनीले चालू वर्ष भने गत वर्षको तुलनामा १० प्रतिशत रकम कम भएको भन्दै ठूला करदाता कार्यालयमा आफ्नो विवरण पेश गरेको छ ।

कम्पनीको हकमा कहिल्यै नभएको कुरा यो वर्ष देखिएको छ । तराईका केही जिल्लामा विना स्टिकरको सूर्य चुरोट नै बिक्रीवितरण भइरहेको फेला परेको छ ।
कार्यालयका अनुसार विगतमा पनि विना स्टिकरको चुरोटहरु बिक्री वितरण हुने गरेको थियो । त्यस्ता चुरोटको ब्राण्ड नाम नसुनेको खालका हुन्थे । तर यो वर्ष भने सूर्य चुरोट ब्राण्डमा नै स्टिकर नटाँसिएको भेटिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्