आज ’अन्तर्राष्ट्रिय महिला दिवस’, महिलालाई शब्दमा समानता भएपनि ब्यवहारमा विभेद कायमै

WOMEN'S DAY

आज मार्च ८ तारिख अर्थात ’अन्तर्राष्ट्रिय महिला दिवस’ । ‘समानताको पुस्ता अन्त्य गरौँ, हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ आज भव्य रुपमा नारी दिवस मनाईँदैछ ।

नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना समान हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायत अधिकार निश्चित गरे पनि पूर्ण कार्यान्वयन भने हुन सकिरहेको छैन ।

महिलालाई शब्दमा समानता भए पनि ब्यवहारमा भने विभेद कायमै छ । स‌विधानमै ग्यारेण्टी गरिएको झण्डै ३३ प्रतिशत महिला सहभागिता पनि सबै ठाउँमा कार्यान्वयन हुन सकेको छैन । सङ्घीय सरकारमा १३ प्रतिशत मात्र महिला मन्त्री छन् भने प्रदेश सरकारमा साढे १४ प्रतिशत र पालिकामा झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व छ । यस्तै निजामती क्षेत्रमा झण्डै २६ प्रतिशत महिला कर्मचारी छन् ।

सुरक्षा फौजमा महिलाको उपस्थिती झनै कम छ । नेपाल प्रहरीमा साढे ८, सशस्त्र प्रहरीमाझण्डै ८ र सेनामा साढे ५ प्रतिशत महिला छन् । यस्तै न्यायालयमा सर्वोच्च अदालतमा १४ प्रतिशत, र उच्च अदालतमा ३ प्रतिशत मात्र महिला न्यायाधीस छन भने १७ प्रतिशत अधिवक्ता र ६ प्रतिशत वरिष्ठ अधिवक्ता मात्र महिला छन् ।

दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रम भने स्थगित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्