महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप बैतडीमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, ६ जना घाइते

बैतडीको पाटनमा आइतवार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप सडकबाट करिब २५० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटना परि मृत्यु हुनेमा चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडाल रहेका बैतडीका प्रहरीले जनाएको छ ।

यसैगरी घाइते हुनेहरुमा दार्चुला दुहु ४ कै २३ बर्षीय सुरेन्द्र बम, ३८ बर्षीय हरक सिंह बडाल, ४१ बर्षीय प्रेम बल्लब जोशी , ४१ बर्षीय धन राज जोशी , २० बर्षीय हेमन्ती बम र २२ बर्षीय द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्