रुपन्दही बस दुर्घटना : चार जनाको सनाखत

बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो । दुर्घटनामा मृत्यु भएका अरु ५ जनाको सनाखत गर्ने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्