आफ्नो ५ महिनाको तलब ‘सर्वजित’ चलचित्र निर्माणका लागि दिने मन्त्री आलेको घोषणा

FILE PHOTO

काठमाडौँ – ‘सर्वजित’ चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले घोषणा गर्नुभएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारी शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकालाई सम्बोधन गर्दै मन्त्री आलेले सो घोषणा गर्नुभएको हो । एक कार्यक्रमका बीच ‘सर्वजित’ चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्नुहुने भएको छ ।

दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्