घरायसी विवादमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

मोरङ – आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्