युवालाई हरियो पासपोर्ट हैन, हरियो गाँजाको बोट दिनुपर्छ : तामाङ (भिडियो सहित)

काठमाडौँ – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउन दिनुपर्ने बताएका हुन् । यसका लागि संसदमा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने तामाङको भनाइ छ ।

‘संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लैजानुपर्छ । यसलाई पारित गरेर वैधानिक बनाऔँ । कानुन बनेमा हरियो पासपोर्ट च्यापेर विदेशको श्रम बजार जाने युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउनेछौँ र कृषिमा नयाँ क्रान्ति हुनेछ । यसले अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ, त्यस कारणले यो विधेयक संसदमा छिटो भन्दा छिटो छलफलमा लिएर पारित गराउने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु’, तामाङले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्