दैलखमा बस दुर्घटना : मृत्यु हुने चारै जनाको सनाखत

दैलेख – दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ ।

कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्