कस्तो रहला आजको मौसम ?

काठमाडौँ – काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो भने धेरै ठाउँमा दिनभरजसो पानी परेको थियो ।

लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभरजसो पानी परे पनि आज त्यस्तो सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार दिउँसोसम्म नै आज घाम लाग्ने सम्भावना छ ।

त्यसपछि भने बादल लाग्ने र काठमाण्डौसहित केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँको मौसम सफा भए पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली जिल्लाका पहाडी क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्