पार्टीभित्र अन्तरघातका कारण चुनाव हारियो : ओली

FILE PHOTO

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गरेका छन् ।

बुधवार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पालिका चुनावमा पार्टी हार्नुको कारण अरू नभइ अन्तर्घात नै भएको बताएका हुन् ।

यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै ओलीले यस्ता गलत कर्म गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा नभइ यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो, यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले केही–केही ठाउँमा सत्ता पक्षले धाँधली गरेको समेत आरोप लगाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्