अहेब, अनमीलगायत सुदूरपश्चिम लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)

काठमाडौं – सुदूरपश्चिम लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ।

दुई सय ६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। अनलाइनबाट दरखास्त दिन सकिनेछ। प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र स्थानीय सरकारी सेवातर्फ स्वास्थ्य सेवा चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान भएको हो।

अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेबलगायत पदमा दरखास्त आह्वान भएको छ। लिखित परीक्षा मिति भने पछि तोकिनेछ।

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्