बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

File Photo

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् ।

बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताए । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्