सरकारको साझा नीति तथा कार्यक्रमबारे बालुवाटारमा छलफल

File Photo

काठमाडौं– सत्तारुढ पाँच दलका शीर्ष नेताको उपस्थितिमा नयाँ आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमबारेमा शीर्ष तहमा वृहत् छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलका शीर्ष नेताको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रमबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्य सचिव शङ्करदास वैरागी सहभागि भएका थिए ।

सरकारले आगामी आर्थिक वर्षका नेपाल सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रम सदनमा पेस भएपछि सांसदले दिएका सुझावलाई समेत ध्यानमा राखेर वार्षिक बजेट ल्याउने प्रचलन छ ।

नेपालको संविधान अनुसार, हरेक वर्षको जेठ १५ गते सरकारको वार्षिक आयव्ययको विवरण बजेट सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्