लेकममा ६०० मत गणना हुँदा गठबन्धनको अग्रता कायमै, उपाध्यक्षमा भने एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता रामदत्त जोशी (आरडी) को प्रारम्भीक अग्रता देखिएको छ । उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्य पदमा भने एमाले उम्मेदवारको अग्रता देखिएको छ ।

छ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार रामदत्त जोशीले ३१४ मत प्राप्त गरेका छन् । यस्तै एमाले उम्मेदवार परमानन्द जोशीले २०५ मत प्राप्त गरेका छन् । नेकपा एकिकृत समाजवादीका नरेन्द्र रावलले ३९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमाले उम्मेदवार मावधी जोशी २८० मतसहित अग्रस्थानमा छन् । गठबन्धनका साझा उम्मेदवार कांग्रेशका सुना जोशीले २४६ मत प्राप्त गरेका छन् । वडाअध्यक्षमा एमाले उम्मेदवार नवराज पन्तको ३०३ मतसहित प्यानलै अगाडी छ भने गठबन्धनको तर्फबाट कांग्रेशका महादेब साउद २४६ मतसहित पछ्याइरहेका छन् ।

लेकम गाउँपालिकामा वडा नम्बर १ बाट मतगणना भइरहेको छ । आधाभन्दा बढी मत गणना भइसक्दासम्म अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी १०९ गतले अगाडी छन् । भने उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीे ३४ मतले अगाडी छन् । वडामा एमालेको प्यानलै अग्रस्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्