१४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौँ – निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन’, थपलियाले पत्रकार सम्मेलनमा भने । यसपटक कममा ५० देखि बढीमा ७५ प्रतिशतसम्म मतदान भएको आयोगले जानकारी दिएको छ । स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्