देशभरका ३४ स्थानमा मतदान स्थगित, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ – नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको जनाएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ । केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ । उनका अनुसार विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्