नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन बाँकेको नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले हेल्थ डेस्कमार्फत बिरामीको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।
हेल्थडेस्कमा दुई दुई जना स्वास्थ्यकर्मी खटिनेछन । यसअघि जमुनाह नाकामा कोरोना भाइरसको जाँचका लागि हेल्थ डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति शाखाका प्रमुख चुडामणि भण्डारीसहितको टोलीले बिहीबार हेल्थडेस्कको स्थलगत अनुगमन गरी आवश्यक जानकारी लिएको छ ।

हेल्थ डेस्कमा शङ्कास्पद बिरामी फेला परे भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी गरिएको उप महानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले जनचेतनामूलक अभियान पनि सञ्चालन गरिरहेको छ । अहिलेसम्म जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एक जना पनि शङ्कास्पद बिरामी फेला परेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्