बाजुराको हिमाली गाउँपालिकाका अध्यक्षले १ करोड घुसकाे लागि बार्गेनिङ गरेकाे अडियाे भाइरल

अडियाे जस्ताकाे त्यस्तै

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ गरेको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गेनिङ्ग गरेको हो ।

माघ २१ गते गाउँपालीकाले ३० दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकामा ६९ वटा निमार्ण ब्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे पनि गाउँपालीकाका अध्यक्ष मल्लले निर्माण ब्यबसायीलाई पैसा बाँडेपछि आफ्नो ठेक्का पर्ने उद्देश्यले चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएका छन ।

निमार्ण ब्यबसायिलाई आफ्नो कार्याकक्षमै बोलाई पैंसाको बार्गे्निङ्ग गरी पैसा बाँडेका छन् । निर्माण ब्यसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीले कति प्रतिशत पैंसा बाड्नु हुन्छ भन्दा गाउँपालिकाका अध्यक्ष मल्लले पुरै बजेटको ५ प्रतिशत वा ७ प्रतिश बाँढ्न सकिने समेत भनेका अडियोमा प्रष्ट सुन्न सकिन्छ ।

निमार्ण ब्यबसायी संघका अध्यक्ष शाहीले त्यो त कम भयो भन्दा १ करोड को ७ प्रतिशद रुपैयाँ लौजानुस समेत भनेका छन् । ब्यबसायिहरुले १३ लाख दिनु पर्ने अडान राखेपछि अन्तमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल ९ लाख दिएर कार्यकक्षबाट बाहिरीएको अडियोमा खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्