कैलालीको अत्तरियाबाट बाजुरा जादै गरेको बस डोटीमा दुर्घटना

कैलाली – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।

बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन् । उनीहरूमध्ये सामान्य घाइते भएकाको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्